प्याराग्लाइडिङमा ६० प्रतिशतसम्म छुट,पर्यटकको घुईंचो

siddhartha wheel mart

पोखरा । कोभिड कहरले शून्यप्रायः बनेको पर्यटन क्षेत्रलाई त्राण भर्न दसैं अघि पोखराका व्यवसायीले प्याराग्लाइडिङमा भारी छुटको घोषणा गरे । प्याराग्लाइडिङमा व्यवसायीले ल्याएको नयाँ प्याकेजअनुसार अहिले ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा पर्यटकले प्याराग्लाइडिङ उडान भर्न पाएका छन् ।

ठप्पै रहेको पर्यटन व्यवसाय व्यवसायीको यो प्याकेजसँगै केही हदसम्म तंग्रिएको छ । यतिबेला पोखरामा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुईंचो नै लागेको छ । दैनिक ८ सय हाराहारीमा प्याराग्लाइडिङले उडान भरिरहेका छन् । 

aawash steels

प्याराग्लाइडिङ व्यवसायीले उडानमा दिने भई सकेपछि पोखरामा चहलपहल बढेको हो । अन्य पर्यटकीय गतिविधि सञ्चालनमा नआएको र प्याराग्लाइडिङमा भारी छुट पनि दिइएका कारण आन्तरिक पर्यटकको चहलपहल बढेको व्यवसायीहरुको ठम्याईं छ । 

पर्यटकीय नगरी पोखरा आउने आन्तरिक पर्यटक अघिल्ला वर्षमा प्याराग्लाइडिङको महङ्गो चार्जका कारण यस्सै फर्किए पनि यसपाली छुट पाएसँगै प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीहरु बताउँछन् । ‘अन्य गतिविधि पनि भएन । त्यसमाथि प्याराग्लाइडिङ चार्ज सस्तो पनि भयो’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘पहिला महंगो पनि थियो । ७ हजार, ८ हजारसम्म थियो रेट । प्याराग्लाइडिङ गर्न खोजे पनि अलिकति महँगो हुँदा पर्यटकहरु यसै फर्किन्थे, अहिले छुटले पनि प्याराग्लाइडिङ्मा आकर्षण बढेको छ ।’

super kinetic courier

यसअघि पोखराको आकाशमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकले उडान भर्ने गरे पनि यसपाली भने आन्तरिक पर्यटकहरु मात्र छन् । लामो समयपछि बन्दाबन्दीपछि खुलेको आन्तरिक उडान र सार्वजनिक सवारीले पनि बिस्तारै पर्यटन व्यवसायलाई माथि उठाउँदै लगेको. अध्यक्ष तुलाचनको ठम्याईं छ ।  

दसैंपछि काठमाडौंदेखि पोखरा घुम्न आएका पर्यटक कृष्ण लामाले पहिलो पटक प्याराग्लाइडिङको अनुभव लिन थालेको बताए । यसअघि धेरै पटक पोखरा आए पनि प्याराग्लाइडिङको मज्जा नलिएको उनले बताए । उनीसँगै उनको टिममा ६, ७ जना आएका छन् । 

जोमसोम घुम्न घरबाट निस्किएका लक्ष्मी सुन्दर डमरुले मुस्ताङ बन्द भएपछि यतै रोकिएको बताए । उनको पनि प्याराग्लाइडिङको पहिलो अनुभव रहेछ । काठमाडौंबाटै आएकी अर्की आन्तरिक पर्यटक शिवानी खड्काले प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आएको बताइन् । कोरोनाले घरभित्रै बसेर उकुसमुकुस भएपछि घुम्न निस्किएको उनले बताइन् ।

लगभग ७ महिना कामविहिन बनेका प्याराग्लाइडिङ पाइलटलाई पनि यतिबेला भ्याई नभ्याई छ । गएका वर्षहरुमा भन्दा यसपालि दोब्बर पर्यटकको चाप बढेपछि समय तालिका नै मिलाउन गाह्रो पर्ने गरेको प्याराग्लाइडिङ पाइलट गणेश मल्लले सुनाए । ‘लकडाउनअघि सिजनमा ३ सय, ४ सय उडिन्थ्यो । अहिले त त्यसको ठ्याक्कै दोब्बर छ,’ उनले भने, ‘दैनिक ७, ८ सय जतिको उडान भइरहेको छ ।’

अर्का पाइलट दावा शेर्पाले प्याराग्लाइडिङमा नयाँ प्याकेजले पर्यटकको चाप बढाएको बताए । नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद भण्डारीले गएका वर्षमा दसैं तिहारको छेकोमा ४ सय हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यसपाली दोब्बर बढेको बताए । ‘सुरक्षाका उपायमा त अलिकति कम्प्रमाइज गर्नैपर्छ । किनभने, काखमै राखेर उडाउने हो,’ उनले भने, ‘तैं, पनि सुरक्षित भएर उडाइरहेका छौं । विगतका वर्षमा यो सिजनमा ४ सय हाराहारीमा उडान भए पनि यो वर्ष दोब्बर भएको छ ।’ काठमाडौंसहित देशका अन्य ठूला सहरबाट पनि प्याराग्लाइडिङ गर्न पर्यटकहरु आइरहेको उनले सुनाए ।  

अघिल्ला वर्षहरुमा ७५ प्रतिशत विदेशी पर्यटक र  २५ प्रतिशत मात्र आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यो वर्ष आन्तरिक पर्यटकहरुले मात्रै पोखराको आकाश ढाकिएको उनले बताए । अहिले पोखरामा प्याराग्लाइडिङ गराउने ६० कम्पनी छन् । ३ सय बढीको हाराहारीमा रहेका प्याराग्लाइडिङ पाइलटले उडान भरिरहेका छन् । 

प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको चाप थेग्न नसकेर समय तालिका सार्नु पर्ने बाध्यता बढेको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै पर्यटनका अन्य गतिविधि पनि बढ्ने अपेक्षा लिए । होटल व्यवसायीले पनि पर्यटकहरुका लागि विभिन्न छुटको व्यवस्था गरेका छन् । 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…