
कात्तिक १७, दोलखा | दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार र बिहिबार भीमेश्वर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट पिसिआर परिक्षणको लागी १० जनाको स्वाब पठाइएकामा थप १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।
त्यसैगरि रिपोर्ट प्राप्त हुन बाँकी रहेका २ जना मध्ये १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो समय दोलखामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
संक्रमीतको संख्या बढ्दै गएपनि दोलखाका बजार क्षेत्रमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको छ । स्वास्थ्य कार्यालय दोलखाले भने बाहिरबाट आउँदा अनिवार्य क्वारेन्टिनमा बस्न, स्वाव दिएपछि आइसोलेशनमा बस्न, सामाजिक दुरिको पालना गर्न अनुरोध गरेको छ ।
त्यसैगरि कोभिड १९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र भिडभाडको हिस्सा नबन्न अनुरोध गरेको छ ।