डिएसपी हुँ भन्दै फोनमा धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं, १७ कात्तिक । महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् ।

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले जानकारी दिए ।

चन्दुलाई बब्लुले आफू महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको भन्दै बब्लु झा नाम गरेको व्यक्तिसँग के लफडा हो, तुरुन्त कालीमाटी वृत्तमा आउनु, नआए कारबाही अगाडि बढाउँछु भनेर धम्की दिने गरेको राठौरको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेका बब्लु झामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…