
कार्तिक १७, काठमाडौँ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्ताराल पछि भेट वार्ता भयो । यो भेटले अध्यक्ष द्वय बीचको असमझदारीको अन्त्य गर्ने र पार्टी भित्रको विवाद समाधान गर्न भूमिका खेल्ने धेरैले अपेक्षा गरेका थिए । तर प्रधानमन्त्री ओलीले “सहमतिमै पार्टी फुटाउने” प्रस्ताव गरे नेकपा भित्रको विवादको तत्काल युद्धविराम हुने छाटकाट देखिएन ।
प्रधानमन्त्रीले नै सहमतिमा पार्टी फुटाउन प्रस्ताव गरेको प्रचण्डले आफु निकट नेताहरुलाई ब्रिफिंग गरेपछि नेकपामा एक हिसावको तरङ्ग पैदा भएको छ। अझ त्यो तरङ्गलाइ अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको फेसबुक स्टाटसले मलजल गर्यो । उनले ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको’ स्टाटस राखेपछि पार्टी एकता गम्भीर संकटमा रहेको अनुमान कार्यकर्ताहरुमा हुन थालेको छ ।
ओलीले पार्टी फुटाउने प्रस्ताव ल्याउनुको उद्दस्य के ?
प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव ल्याउनुको कारणको विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । के यो प्रस्ताव ल्याएर उनले अर्का अध्यक्ष प्रचण्ड माथि मनोवैज्ञानिक दवाव पार्न खोजेका त् त् हैनन् ? वा उनले वरिष्ठ नेता द्वय माधव नेपाल र झलनाथ खनाललाइ आफूतिर तान्न यस्तो चाल चलेका हुन् ? अर्को उद्दस्य के कर्णालीमा हुन लागेको मन्त्रिपरिषद हरेफेरका कारण प्रधानमन्त्रीले आक्रोश पोखेको पनि हुन सक्छ ।
प्रधानमन्त्री ओली आफ्नो इच्छया अनुसार पार्टी र सरकार चलाउन खोजेको पुर्व माओवादी र पुर्व एमाले खेमाका नेताहरुले आरोप लगाउने गरेका छन् । विगत दुइ अढाई वर्षको नेकपा भित्रको रस्साकस्सि र ओलीको भूमिकाले पनि यो दावीलाई बल पुगेको देखिन्छ ।
पार्टी एकता हुदाका बखत ओली र प्रचण्डबीच अढाई ,अढाई वर्ष सरकार चलाउने सहमतिबाट ओली पछि हटेको पुर्व माओवादी खेमाका नेताहरुले आरोप लगाउने गरेका छन् । पछि प्रचण्डले ओलीलाई पाचै वर्ष सरकार चलाउन दिने बदलामा ओलीले प्रचण्डलाई एक्लो अध्यक्ष दिने प्रस्ताव पनि ओलीले अस्विकार गरेका थिए ।
राजनीतिक विश्लेषक हरि तिमिल्सेना ” ओलीले प्रचण्डसंग पावर शेयारिंग गरेर आफ्नै घाटीमा पासो बाधेको जस्तो महसुस गरेका हुनकि ” भन्ने आसंका गर्छन । उनको विचारमा “यो प्रस्ताव आउनुको कारण त्यो पासो सके फुकाल्न नसके खुकुलो भएपनि गराउन आएको हुन सक्ने। ”
पुर्व एमालेको सेन्टिमेन्ट जगाएर नेता नेपाल र खनाललाइ आफ्नो पक्षमा ल्याउन पनि ओलीले यस्तो गरेको हुन सक्ने तिमिल्सेनाको आकलन छ।
पार्टी फुट्ने सम्भावना कति ?
“अहिलेको अवस्थामा नेकपा फुट्नु भनेको नेताहरुले आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुने नेकपाका” एक केन्द्रीय सदस्य बताउछन् । “अहिले सरकारको कार्यशैलीले गर्दा पार्टीको छवि जनतामा त्यसैपनि राम्रो छैन। त्यस माथि पार्टी फुटाएर हिन्नु भनेको आफ्नै अस्तित्व माथि संकट पैदा गर्नु भएको ” उनले बताए ।
हुन पनि नेकपाको छबी जनमानसमा राम्रो छैन । त्यसमाथि पार्टी फुटेर दुइ टुक्रा भए देशमा फेरी अस्थिरता सुरु हुन्छ । केन्द्रमा मात्र नभई ६ वटै प्रदेशमा सरकार ढल्न सक्छन जसले गर्दा गम्भीर राजनितिक अस्थिरता पैदा हुन सक्छ ।
राजनीतिक विश्लेषक तिमिल्सेनाले ” ओलीले अलग्गिने सुर नै कसे त नेकपाको भविस्य फुट नै हो तर उनको यो प्रपंच मात्र हो भने नेकपा भित्रको यो गतिरोध अझै कायम रहने” बताउछन्। तर जहासम्म ओलीको कुरा छ उनि आफुमाथि संकट आउन दिने कुनै पनि बाटो राख्न चाहन्नन ।