नेपाल र भारतबीच रोकिएको हवाई उडान अझै एक महिना सुरु नहुने

१६ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तीमा एक महिना सुरु नहुने भएको छ ।

भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो ।

मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

सोहीकारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको हो । भारत सरकारले ३० नोभेम्बर २०२० सम्म लागू हुने गरी अन्तराष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ । सोहीकारण भारतमा कम्तिमा १ महिना उडान नहुने भएको हो ।

आम्दानी गुमाउँदै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले भारतीय तीन वटा शहरबाट नियमित उडान गर्दै आएको थियो । तर, भारत सरकारको नियमित हवाई उडानमाथिको प्रतिवन्धका कारण उसले भारतमा उडान गर्न पाएको छैन ।

यसले दैनिक ठूलो आम्दानी गुमिरहेको एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले बताए । ‘भारत मुख्य आम्दानी हुने क्षेत्र त हो नै फुल अक्कुपेन्सीमा उड्ने गन्तब्य थियो,’ उनले भने, भारतमा उडान अनुमति नमिल्दा कम्पनीलाई घाटा भइरहेको छ ।”

भारतमा रहेका नेपाली, शिक्षा र उपचारका लागि नेपालबाट जानुपर्ने नेपाली उडान सुरु हुने दिनको पर्खाइमा छन् ।

मन्त्रालयले दशैंमा घर र्फकन चाहने नेपालीलाई लक्षित गरी उडान खोल्नुपर्ने प्रस्ताव सीसीएमसी लगेको थियो । भारतको एयर बबल स्किम नेपालसहित बंगलादेशले समेत स्वीकार गरेको छैन ।

भारतले भने गत अगस्टमै यो स्कीममा सहभागी हुन नेपाललाई प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…