
बुटवल, १६ कात्तिक । कपिलवस्तुमा दुई वर्षीया नाबालिकाको पानीको बाल्टिनमा डुबेर मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका-४ वीरपुरका कमलेस नाउँकी छोरी शीतल नाउँको पानीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरको अगाडि भाँडा धुनको लागि राखेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।