कोरोनालाई सामान्य रूपमा नलिन कोरोना जितेका देवी खड्का र विशाल खड्काको अपिल

कार्तिक १६, दोलखा दशैं अघि कोरोना सङ्क्रमण भएका नेकपा दोलखाका दुई नेता र उनको परिवारजन कोरोना मुक्त भएका छन् ।

पूर्व राज्य मन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज देवी खड्का, बाग्मती प्रदेश सांसद विशाल खड्का र उनको परिवारजन कोरोना मुक्त भएका छन् । असोज २३ गते कोरोना सङ्क्रमण भएका सांसद विशाल खड्का, उनकी श्रीमती, ५ महिनाकी छोरी, सासु आमा सहित ४ जनाले कोरोनालाई जितेका छन् ।

त्यस्तै असोज २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको पूर्व राज्य मन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज देवी खड्का पनि कोरोना मुक्त भएकी छिन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि तोकिएको मापदण्ड पालना गरि १४ दिन होमअाइसोलेसन बसेका देवी खड्का र विशाल खड्का कोरोना सङ्क्रमण मुक्त भएर परिवारजनसँगै दशैं मनाएका छन् ।

कोरोना सङ्क्रमण भएकी पूर्व राज्य मन्त्री देवी खड्का र सांसद विशाल खड्काले कोरोनालाई सामान्य हो भनेर खेलाची रुपमा नलिन सुझाव दिएका छन् । सङ्क्रमणको अवधिमा आफुले स्वास्थ्य समस्या भोग्नुपरेको भन्दै उनीहरुले कोरोनालाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा लिएर हेलचेक्रयाइ नगर्न अपिल गरेका छन् ।

सङ्क्रमित सबैमा एउटै लक्षण देखा पर्ने नहुँदा कोरोनालाई सामान्य रुपमा बुझ्न नहुने र वृद्ध वृद्वा एवम् दिर्घ रोगीहरुले पनि विशेष ख्याल गर्नुपर्ने उहाँहरुको सुझाव छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…