
कार्तिक १५, दोलखा कार्तिक १३ गते दोलखा अस्पतालबाट स्वाब संकलन गरी परीक्षणको लागि २७ जनाको धुलिखेल अस्पतालमा पठाइएकामा एक महिला सहित १० जनाको रिर्पाेट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
स्वास्थ्य कार्यलय दोलखाका अनुसार संक्रमित मध्ये ९ जना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारी रहेका छन् भने एक जना दोलखा बजारको स्थानियबासी रहेको छ ।
दोलखा अस्पतालले १३ गते माथिल्लो तामाकोशी आयोजनाको २५ जना कर्मचारी र दुइ जना स्थानिय बासीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमितहरुको संख्या बढ्दै गएकाले आयोजनाले काममा आएका कर्मचारीहरु सबैलाई पिसिआर परीक्षण गरी मात्र काम आउन भनिएसंगै गरिएको परिक्षणमा आज ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । दोलखामा शुक्रबार पनि ७ पुरुष सहित ९ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय दोलखामा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । संक्रमीतको संख्या बढ्दै गएपनि दोलखाका बजार क्षेत्रमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको छ ।