
कार्तिक १५, दोलखा । भीमेश्वर नगरपालिकाले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको छ । भीमेश्वर नगरवासी र कार्यालयका कर्मचारीमा कोरोना संक्रमण हुन थाले पछि नगरपालिकाले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको छ।
नगरपालिकाले एक सार्वजनिक सुचना जारी गर्दैै उल्लेख्य संख्यामा नगरवासीहरु लगायत नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरु समेत संक्रमित भई संस्थागत तथा घर मै आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाले नगरकार्यपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नियमित सेवाहरु अवरुद्ध भएको जनाएको छ ।