कक्षा ११ र १२ को कोर्सहरु मोबाइल एपबाट निःशुल्क पढाई !

कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपाल इन्स्टिच्यूटले अनलाइन कक्षा (Online Kachhya) मोबाइल एपबाट कक्षा ११ र १२ को कोर्सहरु निःशुल्क पढाइरहेको छ ।

अब विद्यार्थीहरुले लकडाउनको अवधिभर मोबाइलमा एप डाउनलोड गरी निःशुल्क रुपमा अनलाइनबाट पढ्न सक्नेछन् । यही विषयमा रातोपाटीले नेपाल इन्स्टिच्यूटका संचालक तथा अनलाइन कक्षा प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद बिष्टसँग कुराकानी गरेको छ ।

अनलाइन कक्षा ई–लर्निङ प्ल्याटफर्म हो । अनलाइन कक्षा मोबाइल एप र www.onlinekachhya.com वेबसाइटको प्रयोग गरी कक्षा ११ र १२ को सम्पूर्ण कोर्सहरु, मेडिकल, ईन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु साथै कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु निःशुल्क घरमा बसेर अध्ययन गर्न सकिन्छ ।

अनलाइन कक्षा कस्ता प्रयोगकर्ताहरुका लागि तयार पारिएको हो ?
अनलाइन कक्षा सबै विद्यार्र्थी वर्गहरुलाई उपयोगी एप्लिकेशन हो । कोचिङ, ट्यूसनको लागि भौतारिएका विद्यार्थीहरुलाई अनलाइन कक्षा बरदान नै बनेको छ । प्रोफेसनल कोर्सहरु पनि प्रयोगात्मक रुपमा अनलाइनमा सिक्न मिल्छ । अनलाइन कक्षामा विद्यार्थी मात्र होइन, शिक्षक पनि बन्न सक्नुहुन्छ । तपाइसँग भएको ज्ञान, सिपलाई रेकर्ड गरेर अनलाइनबाट बेच्नपनि सक्नुहुन्छ । यो एउटा नलेज सेयरिङ प्ल्याटफर्म पनि हो । 

यो अनलाइन कक्षाबाट कस्तो कस्तो कोर्सहरु पढ्न पाइन्छ ?
अहिले अनलाइन कक्षामा कक्षा ११ र १२ को साइन्सको भिडियोहरु, +२ पछि मेडिकल, इन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु र केही कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु राखिएको छ । तर हामी स्कूल देखि विश्व विद्यालयसम्मका सम्पूर्ण कोर्सहरु रेकर्ड गरिरहेका छौं । आइटी र इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको लागि प्रोफेसनल कोर्सहरु रेकर्ड भइरहेका छन् । चाडै हामी धेरै कोर्सहरु अपलोड गर्दैछौं । 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…