लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

siddhartha wheel mart

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

लुविविको गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो चरणमा देवदहसहित क्रमशः बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र वाग्मती प्रदेशको काठमाडौँसहित केही हिमाली जिल्लामा आङ्गिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको लुविविका रजिष्ट्रार डा तिलकराम आचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

aawash steels

बुटवलमा सञ्चालन हुने आङ्गिक क्याम्पसमा यसै वर्षदेखि अध्ययनअध्यापन सञ्चालन गर्ने तयारी रहेको र पहिलो वर्ष स्नातक तहमा कानून र ट्राभल एण्ड टुरिज्म विषयको अध्यापन हुने डा आचार्यले जानकारी दिए ।

विश्वविद्यालय सभाले काठमाडौँमा नेपालको मौलिक कलामा आधारित बुद्धग्रन्थ बज्रयान अध्ययन केन्द्र सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोयिङ डोल्मालाई मनोनयन गरेको छ । यस्तै सभाले विश्वविद्यालयले हरेक वर्ष एक  बौद्ध विद्धान्लाई प्रदान गर्ने गरी पाँच हजार डलर राशिसहितको अन्तरराष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्नेसमेत प्रस्ताव पारित गरेको डा आचार्यले जानकारी दिए ।

super kinetic courier

 सभा  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीका प्रमुख आतिथ्यतामा भएको थियो । लुविवि २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो ।

विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि  छोटो भए पनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । उनले विश्वविद्यालयका प्रशासनिक भवनसहित अहिलेसम्म छात्रावास र  कर्मचारी आवासगृह निर्माण गरिएको तथा विश्वविद्यालयका लागि रुपन्देहीको देवदहमा करीब एक सय बिघा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जानकारी दिए । 

डा आचार्यले कोभिड महामारीका अवस्थामा पनि विश्वविद्यालयले आफ्ना वार्षिक शैक्षिक कार्यक्रमलाई प्रभावित हुन नदिन नियमित रुपमा शैक्षिक पात्रोअनुसार नै शिक्षण सिकाइ सञ्चालन गरेको र परीक्षा पनि सञ्चालन गरेर नमूना प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…