कार्तिक १५ , दोलखा काठमाडौँबाट सिधा दोलखाको मलेपु गाडि संचालनमा आएको छ । अरनिको यातायात अन्तर्गतको गौरीशंकर यातायातले सेवा संचालन गर्न लागेको हो ।
बाटो कच्ची भएकाले हिउँदमा गाडी नियमित होला तर बर्षामा बाटोका कारणले गाडी नियमित नहुन सक्छ । त्यसका लागि सम्बन्धित पक्ष र नगरपालिकाले पहल गर्नु पर्ने देखिन्छ । दोलखा बजार हुदै नागदहसम्मको बाटोलाई स्तर उन्नती र कच्चीबाटोलाई पक्की बनाउन स्थानीयको माग रहेको छ ।

साथमा वारि मार्वु र पारी मार्वु जोड्नका लागि नागदहमा पक्की पुल राखेर पारी मार्वु, क्षेत्रपा लगायतमा स्थानीयहरुलाई नयाँपुल तामाकोशीबाट लामो दुरीको यात्रालाई कम गर्न पनि अनिवार्य भीमेश्वर नगरपालिका २ नागदहमा पक्की पुल राखेको खण्डमा तामाकोशी पारीका स्थानीय जनताले धेरै राहत पाउने छन् ।