
नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।
अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड२, विशेष तथा परिष्कृट डिजाइनले रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्म भित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ ।
ग्यालेक्सी जेट फोल्ड २, उत्कृष्ट र अर्थपूर्ण इनोभेसनले सजिएको छ जसले नयाँ फोल्डेबल अनुभव दिन्छ । यसमा भएको डुअल प्रिभ्यु एवं अडियो क्याप्चर सुविधाको साथ अभूतपूर्व क्यामराले जीवनका हरेक पलहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ । यसको डिजाइन नै भविष्यको आकारलाई परिवर्तन गर्ने खालको रहेको छ । साथै गेमिङ्गको जीवन्त अनुभव, अविश्वसनीय मल्टि टास्किङ्ग सुविधा एवं लङलास्टिङ्ग ब्याट्रिले वास्तवमै पृथक अनुभव प्रदान गर्ने छ ।