
विश्व राजनीतिमा प्रभावशालि रास्ट्र अमेरिका र दक्षिण एशियामा नाफ्नो प्रभाव बढाउन अग्रसर रास्ट्र भारत झन् नजिकिएअकाअ छन्। हुन त् यि दुइ रास्ट्र बीच यस अघि देखि नै सम्बन्ध राम्रो नै थियो तर अमेरिका र चिन बीचको व्यापारिक युद्ध र भारत र छिन् बीचको सिमा विवादले यि दुइ रास्ट्रलाइ झन् नाजिन ल्याएको छ। यसैसाता अमेरिकी रक्षामन्त्री मार्क एस्पर र विदेशमन्त्री माइक पोम्पियोले गरेको भारत भ्रमण र भारत र अमेरिका बीच भएको सामरिक सुचना आदानप्रदान गरिने सम्झौता यसको ताजा उधाहरण हो।
भारत अमेरिका तर्फा ढल्किनु र अमेरिकाले भारतलाई प्राथमिकता दिनुमा दुवै देशको एकै स्वार्थ प्रमुख कारण नै हो। एसिया महादेशमा अमेरिकाको चिनको बढ्दो प्रभाव कम गर्न अमेरिकाले दक्षिण एशियामा प्रभावशालि रास्ट्र भारत र दक्षिणपूर्वी एशियाका इण्डोनेसिया र भियतनामलाइ आफ्नो अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छ। यता भारत पनि अमेरिका संग मिलेर चिन र पाकिस्तानको प्रभाव दक्षिण एशियाबाट घटाउन चाहन्छ।
नेपाललाइ के असर पर्छ ?
नेपाल दुइ ठुला रास्ट्र भारत र चिनको बीचमा रहेको भूपरिवेष्ठित रास्ट्र हो। त्यसैले बाध्यतालेव पनि नेपालले दुवै रास्ट्रसंग समान किसिमको कुटनीतिक सम्बन्ध राख्नु अनिवार्य छ। तर नेपालको विडम्बना के छ भने यहा कुटनीतिलाइ आफ्नू राजनितिक खेलौना बनाउने प्रवृतिको कारण छिमेकिहरु बीचको सम्बन्ध र द्वन्दको सिधा प्रभाव नेपालमा नै पर्ने गरेको छ।
नेपालमा खास गरि ०६२/०६३ को परिवर्तन पछि उब्झिएको राजनितिक घटनाक्रमका कारण नेपालको कुटनीतिमा स्थिरता आउन सकेको छैन। सामान्य भाषामा भन्नुपर्दा नेपालली कांग्रेसको झुकाब भारत तर्फ र कम्युनिष्ट पार्टीहरुको झुकाव चिनतिर हुदा हाम्रो पररास्ट्र नीति स्पस्ट हुन सकेको छैन भन्दा गलत नहोला।
अझ हाल आएर भारत संगको सिमा विवाद, एमसिसि, नेकपा भित्रको आन्तरिक विवाद त्यस्द्मा चिनको भूमिकाका कारण नेपाल यि सक्ति रास्ट्रहरुको सक्ति सन्तुलनको चेपुवामा पर्न सक्ने देखिन्छ। ओली सरकारको चिन प्रतिको आवस्यकता भन्दा बढि झुकाव र त्यै समयमा भारत संगको नसिमा विवाद र अमेरिकि सहयोग एमसिसिको अन्योलताले गर्दा भारत र अमेरिकालाइ नेपालले आफ्नो विस्वासमा लिनुपर्ने बाध्यता एकातिर छ भने भारत र अमेरिकालाइ आफ्नो आस्वस्त गराउन जादा चिन चिडीने डरले गर्दा नेपाल अप्ठ्यारोमा पर्ने देखिन्छ।