दोलखामा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कार्तिक १४, दोलखा दोलखामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ११ गते मंगलबार ३३ जनाको स्वाब सङ्कलन गरि पठाइएकामा ५ पुरुष र २ महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।

उनीहरुको स्वाब भीमेश्वर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटबाट सङ्कलन गरी पठाइएको थियो । पछिल्लो समय दोलखामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपनि दोलखाका बजार क्षेत्रमा सर्वसाधारणको अत्यधिक भिड लाग्ने गरेको छ ।

स्वास्थ्य कार्यालय दोलखाले भने बाहिरबाट आउँदा अनिवार्य क्वारेन्टिनमा बस्न, स्वाब दिएपछि आइसोलेसनमा बस्न, सामाजिक दुरिको कायम गर्न अनुरोध गरेको छ । त्यसैगरि कोभिड १९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र भिडभाडको हिस्सा नबन्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…