माथिल्लो तामाकोशीमा जान प्रतिबन्ध

कार्तिक १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अति जरुरी कार्यालय प्रयोजन बाहेक अन्य सम्पुणर्लाई आयोजना स्थलमा प्रवेश रोक लगाएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मुलुकभर र दोलखा जिल्लामा समेत दिन प्रतिदिन बढ्दै गईरहेको भन्दै आयोजनाको निर्माण कार्यमा प्रतिकूल असर पर्न नदिन शान्ति शुरक्षा वा कुनै अति जरुरी कार्यालय प्रयोजनका लागी पुग्ने अतिथिबाहेक अन्य सवैलाई मंसीर ५ गते सम्मका लागी प्रवेश रोक लगाएको हो ।

आयोजनाको बाँध, सुरुङहरु, पेनस्टक, भुमिगत विद्युत गृह लगायत सवै संरचनाहरु तथा कार्यालय र आवास परिसरहरुमा प्रवेश गर्न, स्थलगत अवलोकन गर्न वा आवासगृहमा रहन पूर्ण रुपमा रोक लगाईएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उक्त व्यवस्थाबाट पर्न जाने असुविधा प्रति सवैमा क्षमायाचना गर्दै कोरोना भाइरसको संक्रमणको अवस्थालाई अध्ययन गरी उपर्युक्त प्रतिवन्धलाई थप लम्व्याउन सकिने समेत माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…