
१३ कार्तिक, दोलखा दोलखा जिल्लामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटकको स्वाब परीक्षण रिपोर्ट अनुसार दोलखाका ३१ जना नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
कार्तिक ८ गते महाअष्टमीका दिन ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको मध्ये ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै यसअघि पठाएको ४ जनाको स्वाब परीक्षण गर्दा पुनः पोजेटिभ रिपोर्ट आएको छ ।

नयाँ सङ्क्रमित ३१ जनाले आफ्नो स्थायी ठेगाना भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बताएका छन् । सो विवरण अनुसार सङ्क्रमित सबै दोलखा सदरमुकाम बजार क्षेत्रमा भएको अनुमान गरिएको छ ।