
आचार्य चाणक्यले नीति शास्त्रमा जीवन जिउने तरिका देखि लिएर सफलता सम्मको लागि धेरै महत्वपुर्ण कुरा बताएका छन्। यी कुराहरुलाई अपनाएर अगाडी बढ्ने व्यक्ति जीवनमा सफलताको सिडी चड्दै जानेछ । आचार्य चाणक्यले नीति शास्त्रमा सफलता हासिल गर्नको लागि केहि कुराहरु उल्लेख गरेका छन् । यदि तपाई पनि चाणक्य नीतिलाई अपनाएर सफलता हासिल गर्न चाहानुहुन्छ भने तलका सूत्रहरुलाई हेर्नुहोस ।
१ .अनुशासन : आचार्य चाणक्यले भनेका छन् कि व्यक्तिलाई अनुशासित हुन आवश्यक छ ।जो व्यक्ति अनुशासनमा रहन्छ , उसले छिट्टै सफलता हासिल गर्दछ | बिना अनुशासन सफलता हासिल गर्न बहुत मुश्किल छ । यदि सफल भैयो भने पनि त्यसलाई जोगाइ राख्न झनै मुश्किल छ।
२. डर : चाणक्यले भनेका छन् कि डरलाई कहिल्यै पनि आफुमा हाबी हुन दिनुहुदैन । जो व्यक्ति जीवनमा चुनौतीलाई देखेर डराउछ त्यसलाई सफलता हासिल गर्न समय लाग्छ | व्यक्ति त्यो नै सफल हुन्छ जो जोखिमपूर्ण निर्णयको लागि पनि तयार हुन्छ ।
३. तीन प्रस्न : नितिशास्त्र अनुसार , कुनैपनि कार्य सुरु गर्नुभन्दा पहिले अफैसँग तीन प्रश्न सोध्नुपर्छ । म यो काम किन गर्दैछु ? के यो कामलाई पुरा गर्न सक्छु ? र यसको परिणाम के हुन्छ | यी तीन प्रश्नहरुको सन्तोषजनक उत्तर पाएपछि बल्ल कामको सुरुवात गर्नुपर्छ ।
४. योजना : कुनैपनि काम गर्नुभन्दा पहिले त्यसको योजना बनाउनु पर्छ ।चाणक्यका अनुसार यसरी योजना बनाउदा भविष्यमा आउनसक्ने अप्ठ्यारो परिस्थितिको हामीले सजिलोसँग समाना गर्न सक्छौ र सफलता हासिल गर्न सक्छौ ।