पुरानै शैलीमा चरिघ्याङ गुम्बाको पुननिर्माण

siddhartha wheel mart

कार्तिक १३, दोलखा भुकम्पले ध्वस्त भएको दोलखा सदरमुकाम चरिकोट चरिघ्याङ स्थित चरिघ्याङ गुम्बाको पुननिर्माण कार्य सम्पन्न भएको छ ।

२०७२ सालको विनाशकारी भुकम्पले भत्किएको चरिघ्याङ गुम्बा पुरातत्त्व विभागले करिब २ करोड ७९ लाख लागतमा पुननिर्माण गरेको हो । नेपालका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका गुम्बाहरुको सूचिमा चरिघ्याङ गुम्बाको पुरानै शैलीमा कलात्मक ढङ्गले निर्माण गरिएको छ ।

aawash steels

तुलसी कन्स्ट्रक्सन भक्तपुरले दशैँ अघि मात्रै निमार्ण सम्पन्न गरेको गुम्बामा चुना सुर्की प्रयोग गरि बलियो बनाउनुका साथै सालको काठ प्रयोग गरि कलात्मक झ्याल तथा ढोका बनाइएको छ । बौद्ध धर्मावलम्बीको विशेष आस्थाको केन्द्र मानिने चरिघ्याङ गुम्बा निकै पुरानो र ऐतिहासिक गुम्बा हो ।

यो गुम्बा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मात्र नभई प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।गुम्बा स्थलबाट देखिने पहाड, हिमाल र दोलखाको मनोरम दृश्य पर्यटकको लागि अनुपम दृश्य मानिन्छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल: फागुन २२

२०७७ फागुन २२ गते, शनिवार, ६ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु,…

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…