महाव्याधिको माझ खड्गजात्रा

कार्तिक १२, दोलखा | ऐतिहासिक शहर दोलखामा परम्परागत खड्ग जात्रा मनाइएको छ । एकादशीको दिन मनाइने यो जात्रामा देवता र दानवबीचको युद्धलाई अभिनयको माध्यमद्वारा प्रस्तुत गरिन्छ ।बडादसैंका बेला मनाइने यो जात्राले देवता र दानवबीचको युद्धको झल्को दिन्छ । खड्ग जात्रा नेपाल संवत ८४७ देखि राजा जगत जय मल्लको पालादेखि मनाइको हो । यो जात्रा राजाको कुल मानिने राजकुलेश्वर मन्दिरबाट सुरु हुन्छ ।


सेनापति अर्थात याकरगणको नेतृत्वमा सुरु हुने यस जात्रामा उनका साथ अंगरक्षक, भगवती तथा अन्य खड्गधारीहरु सहभागी हुन्छन् ।स्थानीय बहिर टोलको डबलीबाट युद्ध अभिनय गदै कोर्छे टोल हुँदै टसिचा टोलमा पुग्दा शक्ति क्षय हुने जनविश्वास रहेको छ ।यही जनआस्थाका साथ जात्राका मुख्य पात्र सेनापति र अंगरक्षक शक्ति माग्न पिंगल टोलस्थित बालकुमारी मन्दिर पुग्छन् ।
यो मन्दिरमा देवीबाट शक्ति स्वरुप दुई जना खड्गधारी प्राप्त भएको मानिन्छ । यी थप खड्गधारीसँगै लिएर युद्धको निरन्तर अभिनयसहित माथिल्लो टोल हुदै भीमेश्वर मन्दिर पुग्छन् ।


भीमेश्वर मन्दिरमा दानवका रुपमा राखिएमा तीन वटा राँगालाई सबै खड्गधारीहरुले प्रहार गरी दानव बध गरिएको अभिनय गर्छन् ।युद्ध अभिनयका साथ जात्रा त्रिपुरासुन्दरी मन्दिरमा पुग्दा पुन शक्ति कम भएको किम्बदन्ती अनुसार देवीसँग शक्तिका लागि पूजाअर्चना गरिन्छ ।

दानवमाथि विजय प्राप्त गर्न सहयोग स्वरुप देवीले आफ्नो छोरो बटुकभैरवलाई युद्धमा पठाएको झल्को यहाँ देख्न पाइन्छ । बटुकभैरव मिसिए पश्चात जात्रामा देखिने युद्धको अभिनय घनघोर खालकको रणसंग्राम जस्तो देखिन्छ ।


जात्राका यी दुई मुख्य पात्र युद्ध अभिनय गरिरहँदा अन्य खड्गधारीहरु भजनको तालमा अभिनय गरिराखेका हुन्छन् । यतिबेला बटुकभैरवले दानव खोज्ने र सेनापतिले सम्हार गर्ने अभिनय प्रस्तुत हुन्छ ।यही यद्ध अभिनयकासाथ जात्रा दुङ्गलटोल, पिङ्गलटोल, राजकुलेश्वर मन्दिर हुदै खिङ्गलचा अर्थात् शिर छेदनमण्डपमा पुग्छ । यो मण्डपमा शुम्भ र निशुम्भ दानवको रुपमा राखिएमा दुई वटा राँगाका टाउकोलाई सबै खड्गधारी प्रहार गरी बध गरिएको अभिनय गरिन्छ ।


शुम्भ र निशुम्भको बध गरिएपछि विजय स्वरुप सगुनबाजा बजाई फर्की यो जात्रा समापन गरिन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कारण खड्गजात्रा आस्था र विश्वासको प्रतीक बनेको छ ।स्थानीय नेवार जातिकोमात्र सहभागिता हुने यो जात्रा हेर्न दोलखाका ग्रामीण भेग लगायत छिमेकी जिल्लाबाट समेत आउने गर्दछन् । यसपटक विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गरेर जात्रा मनाइएको थियो । विधि पूरा गर्न आयोजित जात्रामा विगतको तुलनामा भक्तजन एवं सर्वसाधारणको उपस्थिति पनि कम थियो ।

✍️सुवर्ण श्रेष्ठ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…