ह्वाट्सएपले ल्यायो ‘अल्वेज म्युट’ अप्सन

siddhartha wheel mart

काठमाडौं, ९ कार्तिक । ह्वाट्सएपले लामो समयदेखि प्रतिक्षामा रहेका फिचर सुरु गरेकाे छ । फेसबुकको लगानी रहेका म्यासेजिङ एप ह्वाट्सएपमा ‘अल्वेज म्युट’ अप्सन थप भएको छ । योसँगै तपाईंले चाहेको खण्डमा अब कसैको ह्वाट्सएप च्याटलाई सधैंका लागि म्युट गर्न सक्नुहुनेछ ।

यसअघि च्याट म्युट गर्न आठ घण्टा, एक हप्ता र एक वर्षको विकल्प दिइएको थियो । अब भने तपाईं एक वर्षको विकल्पको ठाउँमा सधैंका लागि म्युट गर्न पाउनुहुनेछ ।

aawash steels

यो फिचर एन्ड्रोइड तथा आईफोन दुवै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ भने चाँडै वेब भर्सनमा पनि यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यदि तपाईं उक्त फिचर प्रयोग गर्न चाहनुहुन्छ भने सुरुमा तपाईंको फोनमा ह्वाट्सएपको पछिल्लो भर्सन हुन भने आवश्यक छ । त्यसका लागि तपाइईंले एप्पलका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमार्फत अपडेट गर्न सक्नुहुेनछ ।

super kinetic courier

सधैंका लागि म्युट गर्ने कसरी ?
यसका लागि सबैभन्दा पहिला आफ्नो ह्वाट्सएप खोल्नुहोस् र आफूले सधैंका लागि म्युट गर्न चाहेको च्याटमा केहीबेर दबाएर राख्नुहोस् ।

यसो गर्दा माथि केही आईकन देखिनेछन् । त्यसमा साउन्डको म्युट आइकनमा थिच्नुहोस् । अब त्यहाँ तपाईंले तीनवटा विकल्प देख्नुहुनेछ ।

जसमा ८ घण्टा, १ हप्ता र अलवेज भन्ने विकल्प छन् । त्यसमध्य अलवेज अप्सन छान्नुहोस् । यसो गर्दा उक्त च्याट सधैंका लागि म्युट हुनेछ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…