निद्रा नलाग्दा ख्याल गनुपर्ने यी कुराहरु

siddhartha wheel mart

मानिसहरुका निद्रा नलाग्ने धेरै कारण हुन्छन् । खासगरी नियमित उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा नलाग्ने समस्या बढी देखिन्छ । साथै मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । यदि तपाईं पनि निद्रा नलागेर हैरान हुनुहुुन्छ भने तलका उपायहरु अवलम्बन गरेर अनिद्राबाट मुक्ति पाउन सक्नुहुन्छ ।
के गर्ने ?
–यदि तपाईं लागूऔषधको दुव्र्यसनमा हुनुहुन्छ भने आजैदेखि त्याग्नुहोस् । यसको सेवनले मानिसलाई निद्रा लाग्दैन ।
–आफूलाई सहज हुने आसनमा सुत्नुहोस् । सुत्ने बिस्तरा राम्ररी नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।
– सुत्नु अघि एक गिलास मन तातो पानी पिउनु ठीक भए पनि धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।
– घुर्ने समस्याका कारण व्यक्ति आफूलाई मात्रै असहज हुँदैन, छेउमा सुत्ने अरू व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ । घुर्ने समस्या छ भने उत्तानो परेर नसुत्नुहोस् ।
– दिउँसो सुत्ने मानिसलाई राति निद्रा लाग्दैन । दिउँसो निद्रा लाग्ने तर साँझमा निद्रा लाग्दैन भने दिउँसो सुत्न बन्द गर्नुहोस् । बिस्तारै बानी पर्न थाल्छ । 
– स्वस्थ खानपान अनिद्राको प्रमुख उपचार हो । माछा, मासु, दही, केरा, प्याजजस्ता खाद्य पदार्थ खानामा समावेश गर्नुहोस् ।
– व्यायाम गर्ने बानी छैन भने आजैदेखि नियमित व्यायाम गर्नुहोस् । ब्यायामले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ र स्वस्थ मानिसलाई मज्जाको निद्रा लाग्छ ।
– डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस् । जसले मिठो निद्रा लगाउन मद्दत पुर्याउँछ ।
– चर्को प्रकाशमा सुत्ने बानी छ भने त्यस्तो बानी परिवर्तन गर्नुहोस् । यसले निद्रा लाग्दैन , बेडरुममा सकेसम्म मधुरो प्रकाश बाल्नुहोस् ।
– ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्ने लगायतका बानी छन् भने आजै त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तरामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् । मोबाइल नचलाउनुहोस् ।

बिस्तारै माथिका उपाय आफूमा लागू गर्न थाल्नुभयो भने तपाईंको अनिद्रा बिस्तारै मीठो निद्रामा फेरिन सक्छ,शुभरात्री ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…