
कार्तिक ८, बुटवल। असाहय पशु चौपायाको संरक्षणको लागि बुटवलका केहि समाजसेवी युवाहरुले संचलान गरेको आइकोनिक युथ फर एनिमलले आज सडकका असहाय कुकुरहरुलाई खाना खुवाई , घाइते कुकुरलाई उपचार तथा बेल्ट वितरण गरेको छ।

दसैको अवसर पारेर सनिवार उक्त असहाय कुकुरहरुलाई खाना सहित बेल्ट लगाएको जानकारी संस्थाका अभियानता राजन गौडेलले दिए । साथै उनले अरु कोहि मनकारी व्यक्ति अभियानमा जोडिन चाहेमा आफुहरुलाई सम्पर्क गर्न आग्रह गरे। सडकमा कुनै घाइते असाहय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न उनले सबैलाई अनुरोध गरेका छन्।
यो अभियान सनिबार बुटवल १३ जितगदी र बुटवल ४ मैनाबगरबाट सुरु भएको छ। अभियानमा गौडेल संगसंगै सुरुचि खड्का, हेमा पुरी, भेस थापा, सुनिता सिरेस लगाएतका अभियान्ताहरुको सहभागिता थियो।