कार्तिक ८, दोलखा। नेपालीको महान पर्व विजयादशमीको आँठौ दिन आज महाअष्टमी पर्व स्वास्थ्य सुरक्षाका उपाय अपनाई सम्पन्न भएको छ ।
विगतका वर्षमा सबैजना टोल छिमेकका मानिसहरु जम्मा भएर हर्षोल्लासमय रुपमा मनाइएको थियो भने कोरोना महामारीका कारणले गर्दा विश्वव्यापी रुपमा फैलिएको समस्यालाई मध्यनजर गरि यसपालिको महाअष्टमी थोरै सङ्ख्यामा समावेश नभई नहुने व्यक्तिहरुको संलग्नतामा मनाइएको छ ।
परापूर्व कालदेखि चलिआएको परम्परागत संस्कार अनुसार भिमेश्वर नगरपालिका-२ मा रहेको त्रिपुरा सुन्दरी मन्दिरको सम्बन्धित कुलको व्रतबन्ध नगरेको कन्यकेटा (कन्यमुचा) लाई सँगै लगेर त्यहीँ ठाउँको तिनधारा (राइती) बाट चोखो पानी(निलोखु) दुईटा घडामा दुईतिर समातेर वा छोएर बाजागाजासहित लिएर त्रिपुरा सुन्दरी मन्दिरमै प्रस्थान गरी दुर्गाको आठौं स्वरुप मां महागौरीको पुजा गरिएको छ ।
जसअन्तर्गत स्वास्थ्य जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले दिएको निर्देशनअनुसार सामाजिक दूरी कायम गरी face mask को प्रयोग गरी नवरात्रीको आठौं दिन महाअष्टमी पुजा आराधनाका साथ सम्पन्न गरिएको छ ।
✍️सुवर्ण श्रेष्ठ