कपिलबस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास

siddhartha wheel mart

कपिलवस्तु ,कात्तिक ८ | कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो ।

निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए ।

aawash steels

आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी गराए ।

कपिलबस्तु प्रहरी प्रबक्ता डीएसपी भण्डारीले ती युवाहरुको कुटाइबाट घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको बताएका छन् ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…