विश्वमा संक्रमितको संख्या ४ करोड २० लाख नाघ्यो

siddhartha wheel mart

 कार्तिक ८ , विश्वमा कोरोना स‌ंक्रमितको संख्या चार करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो अपडेटअनुसार विश्वभरि चार करोड २० लाख ९४ हजार पाँच सय ३५ जना व्यक्ति संक्रमित भएका छन्।

यस संक्रमणको कारण विश्वभरि ११ लाख ४४ हजार ३ सय ६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

aawash steels

यसैबीच विश्वभरि रहेका कुल संक्रमितमध्ये तीन करोड १२ लाख ३५ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६४ हजारभन्दा बढी  व्यक्ति संक्रमित रहेका छन् । 

 कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख २८ हजार चार सय २३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्यामा संक्रमित थपिने गरेका छन् । 

super kinetic courier

कोरोना  भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ६३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् भने ब्राजिलमा करिब ५३ लाख ३२ हजार व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६ सय ४६ जना संक्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६९ लाख ४८ हजार  व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा…

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए…

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम…

काठमाडौं,फाल्गुन २४ । प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा…

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…