हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग सञ्चालनमा

siddhartha wheel mart

हेटौँडा ,कार्तिक ७ | क्षेत्रफलको आधारमा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग सञ्चालनमा आएका छन् । 

लकडाउनका कारण बन्द भएका ६० प्रतिशत उद्योग एक साताअघिदेखि सुचारु भएसँगै औद्योगिक क्षेत्रका सबै एक सय ११ वटै उद्योग सञ्चालनमा आएका हुन् ।

aawash steels

लकडाउनमा अत्यावश्यक र खाद्यान्न सामग्री उत्पादन गर्ने बिस्कुट, चाउचाउ, बेकरी, पानी, दाना र दुग्ध उद्योगबाहेकका ६० प्रतिशत पूर्ण रूपमा बन्द थिए । सार्वजनिक यातायात सुचारुसँगै मजदुर आउन थालेपछि सबै उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार अत्यावश्यक सामग्री र खाद्यान्न उत्पादन गर्ने ८० प्रतिशत र रासायनिक पदार्थ, निर्माण सामग्री, मेसिनरी, धुम्रपान, पेयपदार्थ र प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । 

super kinetic courier

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब पाँच अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रका उद्योगमा हाल १० हजार  पाँच सय रोजगाररत छन् ।

हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा आए पनि अधिकांशले नोक्सानमै सुचारु गरेका छन् ।

उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलका अनुसार उद्योग सञ्चालनमा आए पनि अधिकांशले ४० प्रतिशतसम्म घाटा व्यहोरिरहेका छन् । उत्पादन क्षमता घटाएका उद्योगहरूले ४० प्रतिशतसम्म घाटा व्यहोरेको उनको दाबी छ ।
‘अत्यावश्यक र खाद्यान्न सामग्री उत्पादन गर्नेबाहेकका उद्योगले अहिले ५० प्रतिशतसम्म उत्पादन क्षमता कटौती गरेका छन्,’ उनले भने, ‘माग कम हुँदा उत्पादन र बिक्री कम हुने हुँदा ४० प्रतिशतसम्म घाटा व्यहोरेर ६० प्रतिशत उद्योग सञ्चालन भइरहेका छन् ।’ उनले फर्निचर फर्निसिङ, मेटल उद्योगहरू अहिले पनि शतप्रतिशत घाटामा रहेको बताए।

अब शुक्रबारबाट ६ दिन ९० प्रतिशत उद्योग बन्द हुने उद्योग संघले जनाएको छ । दसैँ बिदाका कारण दुग्ध, पानी उत्पादन गर्नेबाहेकका सबै उद्योग बन्द हुने अध्यक्ष पोखरेलले जानकारी दिए । 
 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा…

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए…

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम…

काठमाडौं,फाल्गुन २४ । प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा…

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…