६ महिनाको अवधिमा देशभर एक हजार ६७३ महिला हिंसाका घटना

siddhartha wheel mart

काठमाडौं , कात्तिक ७ | गत ६ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ  । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।

उक्त तथ्याङ्कका आधारमा  सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार,  ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…