

आईपीएल (IPL), यूईएफए च्याम्पियन्स लिग (UCL), इङ्लिस प्रिमियम लिग (EPL) शनिबारदेखि हेर्न नपाइने – ९० प्रतिशत विदेशी च्यानलको प्रसारण रोकिने भएकाले, यसले नेपाली खेलकुद प्रेमीहरुलाई ठूलो असर पार्नेछ । प्रसारण हुनसक्ने सम्भवना बाँकी रहेको सोनीको दावी छ ।
शनिबारदेखि क्लिन फिड लागु हुने भएपछि ९० प्रतिशत विदेशी च्यानलको प्रसारण रोकिने भएको छ । कात्तिक ८ पछि कुनैपनि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेको खण्डमा सेवा प्रदायकहरुलाई कारबाही गरिने छ । नेपालको विज्ञापन बजारका लागि यो एउटा महत्वपूर्ण कदम रहेको छ ।
यस नियमका साथ सबै स्टार च्यानल, कलर्स, बीबीसी, सोनी, सिएनएन जस्ता च्यानल प्रसारण नहुने भएको छ । मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा गठन गरिएको बोर्डले क्लिन फिड लागू भएको वा नभएको विषयको अनुगमन गर्नेछ ।
तपाईंको धारणा के छ त, कृपया तल कमेन्ट गर्न नभुल्नु होला ।
For more news keep following AjakoNepal.
Also, Follow our Twitter Page: https://twitter.com/AjakoNepal
Similarly, Find us on Facebook: https://www.facebook.com/AjakoNepalFB/