बुटवल , कार्तिक ६। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।