राष्ट्रपतिले आज रानीपोखरीको उद्घाटन गर्ने

siddhartha wheel mart

४ कात्तिक, काठमाडौं । पुनर्निर्माण सकिएको रानीपोखरीको आज (बुधबार) उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो ।

बिहीबार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्न लागेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

aawash steels

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि उद्घाटन गर्न लागिएको हो ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवादपछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो ।

super kinetic courier

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो ।

सुरुमा रानीपोखरी काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म सबैतिर कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको थियो ।

भूकम्पबाट क्षति पुगेको रानीपोखरीले करिब साढे ४ वर्षमा पुनर्जीवन पाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…