दार्चुलामा १७ किलो भन्दा बढी यार्सागुम्बा सहित एक पुरुष पक्राउ

siddhartha wheel mart

दार्चुला, २ कार्तिक । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

aawash steels

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…