कोरोना कहर: विश्वभरमा ४ करोड नाघ्यो संक्रमितको संख्या

siddhartha wheel mart

काठमाडौं, २ कार्तिक । विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डाेमिटरले जनाएको छ ।

यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार छ सयभन्दा धेरैको ज्यान गएको छ भने दुई करोड ९९ लाख ३४ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

aawash steels

विश्वमा अहिले ८९ लाख ७२ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै सबैभन्दा प्रभावितकाे दाेस्राे स्थानमा रहेकाे भारतमा ७४ लाख ९४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

super kinetic courier

केही दिनयता नेपालमा पनि काेराेना सङ्क्रमणकाे दर बढिरहेकाे छ । आइतबार दुई हजार नाै सय ४२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेकाे छ । तीमध्ये ९२ हजार एक सय ६६ जना सङ्क्रमणमुक्त हुँदा सात सय ३९ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएकाा एक व्यक्तिलाई…

खोटाङ,फाल्गुन १६ । खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग…

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…