धवनको शतक मद्दतमा दिल्लीले चेन्नाईलाई ५ विकेटले हरायो

siddhartha wheel mart

२ कात्तिक, काठमाडौं । शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल गर्यो । चेन्नाईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाए । उनी म्यान अफ द म्याच भए ।

aawash steels

यो दिल्लीको नौ खेलमा सातौं जित हो । यो जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । चेन्नाईले भने छैटौं पटक हार व्यहोर्यो ।

दिल्लीको शुरुवात खराब थियो । पृथ्वी शा दोस्रो बलमै शू्न्य रनमा आउट भए । उनलाई दीपक चहारले आउट गरेका हुन् ।

super kinetic courier

दोस्रो ओपनर शिखर धवन लयमा देखिए । उनले दोस्रो ओभरमा साम कुरानको बलमा दुई चौका प्रहार गरे । अर्को ओभरमा उनले दीपक चहारको बलमा चौका हानेका थिए ।

तेस्रो नम्बरमा आएका अजिक्य रहाणे पनि क्रिजमा टिक्न सकेनन् । पहिलो ६ बलमा उनले दुई रन बनाए । सातौं बलमा उनले चौका हाने । तर पाँचौं ओभरमा उनलाई पनि दीपक चहारले पेभेलियन फर्काइदिए । रहाणे मात्र आठ रन बनाएर विदा भए ।

त्यसपछि धवनलाई साथ दिन कप्तान श्रेयस अय्यर आए । तेस्रो विकेटका लागि उनीहरुले ७.२ ओभरमा ६८ रन साझेदारी गरे । श्रेयस व्यक्तिगत २३ रनमा आउट भए ।

१० औं ओभरमा धवनले अर्धशतक पूरा गरे । उनले २९ बलमा ५० रन बनाएका थिए । १० औं ओभरपछि दिल्लीको स्कोर दुई विकेटको क्षतिमा ७६ रन थियो । अब बाँकी १० ओभरमा उसलाई १०४ रन चाहिएको थियो ।

११ औं ओभरमा धवनले साम कुरानको बलमा दुई चौका प्रहार गरे । धवन र अय्यरको साझेदारीलाई १२ औं ओभरमा ड्वेन ब्राभोले तोडिदिए । ब्राभोले अय्यरलाई आउट गरे । अय्यरले २३ बलमा २३ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मार्कस स्टोइनिसले १४ बलमा २४ रन बनाए । अलेक्स क्यारी ४ रनमा आउट हुँदा अक्षर पटेल २१ रनमा नटआउट रहे ।

जितका लागि दिल्लीलाई अन्तिम ओभरमा १७ रन बनाउनुपर्ने थियो । उता चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले रविन्द्र जडेजालाई बल दिए । जडेजाको पहिलो बल वाइड भयो । धवनले एक रन लिए । दोस्रो र तेस्रो बलमा धवनले छक्का प्रहार गरे । चौथो बलमा दुई रन बटुले र पाँचौं बलमा फेरि छक्का प्रहार गर्दै शिखर धवनले दिल्लीलाई जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाइका लागि फाप डु प्लेसिसले ५८ रन बनाए । अम्बाती रायडुले नटआउट ४५ रन बनाए । शेन वाटसनले ३६ र रविन्द्र जडेजाले ३३ रन बनाए । जडेजा नटआउट रहे ।

बलिङतर्फ एनरिच नोर्जेले २ विकेट लिए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…