बुटवल, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
बुधबार सामान्य टाउको दुखेपछि अध्यक्ष थापाले स्वास्थ्य परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा बिहीबार कोभिड-१९ पोजिटिभ देखिएको थियो ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।