बुटवलको कोभिड अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्युु

siddhartha wheel mart

बुटवल, २९ असोज – लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका वडा न ७ निवासी ७० वर्षीया महिला र अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

aawash steels

७३ वर्षीय पुरुष ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि असोज २८ गते अस्पतालले संचालन गरेको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

अस्पतालमा आइसियुको अभाव भएकोले उनलाई बेलझुण्डी अस्पताल दाङ लैजाँदै गर्दा बिहीबार ७ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनको असोज २७ गते कोरोना पोजेटिभ आएको थियो।

super kinetic courier

त्यस्तै ७० वर्षीय महिला असोज २१ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। उनको सोही दिन कोभिड पोजेटिभ आएको थियो । उनलाई ज्वरो, दम, निमोनिया र स्वासप्रश्वासमा समस्या भएर बिहीबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…