बहराइनका राजकुमारसहितको टोलीले चढे मनास्लु हिमाल

siddhartha wheel mart

२९ असोज, काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो ।

aawash steels

आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले अनलाइनखबरसँग भने, ‘बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ । तर कति जना चुचुरोमा पुगे भन्ने विवरणचाहिँ आउन बाँकी छ ।’

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ ।

super kinetic courier

राजकुमार हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।

१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ ।

मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ ।

बहराइनको राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…