
नवलपुर, २८ असोज । नवलपरासी पूर्वका एक कोभिड-१९ संक्रमितको चितवनमा मृत्यु भएको छ। नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका वडा नं. १५ का ७५ वर्षका वृद्धको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलवार राती १०:२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
असोज १८ गते श्वास प्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका उनमा २० गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।