
बुटवल । टेलिभिजन च्यानलविरुद्ध अदालत जाने बलिउडका ठूला निर्माताहरुलाई अभिनेत्री कंगना रनोतले सक्ने भए आफूविरुद्ध पनि मुद्दा हाल्न चुनौती दिएकी छिन् । बलिउडका ३४ नामी निर्माताहरुले सोमबार रिपब्लिक टिभी, अर्णब गोस्वामी, रिपब्लिक टिभीका प्रदीप भण्डारी, टाइम्स नाव, राहुल शिवशंकर र नविका कुमारविरुद्ध सुशान्त सिंह राजपुतको मृत्युको विषयमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली हाइकोर्टमा मुद्दा हालेका थिए ।
मुद्दा दर्ता भएपछि कंगनाले एकपछि अर्को ट्वीट गरेकी छिन् । कंगनाले लेखेकी छिन् ‘बलिउड जो ड्रग्स शोषण, नेपोटिज्म र जिहादको नाली हो यसलाई सफा गर्नुको सट्टा बलिउडस्ट्राइक्सब्याक जस्ता ह्याशट्याग प्रयोग भइरहेका छन् । म त भन्छु मविरुद्ध पनि केस हालिदेउ । जबसम्म म जीवित छु तबसम्म म सबैको असलियत अगाडि ल्याइरहन्छु ।’ उद्योगका साथै उनले बलिउड कलाकारबारे पनि टिप्पणी गरेकी छिन् ।
उनले लेखेकी छिन् ‘ठूला स्टारहरुले न केवल महिलाहरुलाई वस्तुजस्तै बनाउँछन्, जवान युवतहिरुको शेषण पनि गर्छन् । उनीहरु सुशान्त सिंह राजपुतजस्ता युवा स्टारलाई माथि उठ्न दिँदैनन् । उनीहरु ५० वर्षको उमेरमा स्कुले विद्यार्थीको भूमिका निभाउन चाहन्छन् । यदि उनीहरुको अगाडि केही गलत भइरहेको भए पनि उनहिरु कसैको लागि अडान लिँदैनन् ।’