चितवनमा एउटा गैंडा मृत अवस्थामा फेला

siddhartha wheel mart

असोज २७, चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । 

निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । 

aawash steels

करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए । सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । 

चालू आर्थिक वर्ष २०७७÷७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् । गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए । #गैंडा

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ मा राख्ने…

काठमाडौं, फाल्गुुु १७ ।सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल : फागुन…

२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त), चन्द्रराशि– कन्या। मेष –…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालयको पहिलो बैठक जारी

काठमाडौं, फाल्गुन १७ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो। बिहानैदेखि…

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता…