कोरोना संक्रमितले आईसीयू बेड नपाएर मृत्यु

siddhartha wheel mart

२६ असोज, विराटनगर । आइतबार विराटागर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखियो । अवस्था गम्भिर भएका उनलाई जुनसुकै बेला आईसीयू र भेन्टिलेटरको आवश्यकता थियो ।

aawash steels

तर, कोभिड–१९ उपचार केन्द्रमा आईसीयू बेड खाली थिएन । बेड खाली भएलगत्तै भर्ना गर्ने भन्दै राखिएको भोलिपल्ट बिहानै उनको कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भयो ।

शुक्रबार दिउँसो विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीय महिलाको समयमा नै उपचार नपाउँदा मृत्यु भयो । कोरोना पोजेटिभ भएपछि अस्पतालमा बेड नहुँदा घरमै बसेकी उनको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । लगत्तै, सिटी रिक्सामा नोबेल मेडिकल कलेज लगिएको केही समय पछि उनको मृत्यु भयो ।

super kinetic courier

प्रस्तुत घटनाक्रमले अहिले अस्पतालहरुमा आईसीयू बेड अभाव हुँदा विराटनगरमा कोरोना संक्रमितको व्यवस्थापन र उपचारमा कति समस्या भइरहेको छ भन्ने देखाउँछ ।

दैनिक चार सय बढी संक्रमित देखिन थालेको प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुका भेड भरिएका छन् । बेड अभावका कारण लक्षणसहितका विरामी घरमै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि बताउँछन् ।

हालसम्म १० हजार तीन सय कोरोना संक्रमित रहेको प्रदेश १ मा कोरोना संक्रमणका कारण १०३ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…