प्रदेश १ मा संक्रमितको संख्या १० हजार नाघ्यो

siddhartha wheel mart

२६ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ ।

कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

aawash steels

कोरोना संक्रमणका कारण आइतबार मात्रै सातजनाको मृत्यु भएको थियो । सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।

super kinetic courier

प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…

ओली पक्षका सांसद श्रेष्ठले प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भनेर…

काठमाडौं,फाल्गुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएको भनेर आएको समाचारको खण्डन गरेका छन्। तनहुँका सांसद…