एन्ड्रोइड प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक गम्भीर चेतावनी

siddhartha wheel mart

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि एक गम्भीर चेतावनी जारी गरेको छ ।

एन्ड्रोइड फोनमा एक फिरौती माग्ने भाइरस अर्थात् रेनसमवेयर फैलिरहेको तथ्य खुलासा गर्दै माइक्रोसफ्टले फोन प्रयोगकर्ताहरुलाई सचेत बनाएको हो ।

aawash steels

उक्त रेनसमवेयरको नाम MaiLocker.B रहेको छ । यो भाइरस अनलाइन फोरम तथा वेबसाइटहरुको माध्यमबाट फैलिरहेको र एन्ड्रोइड प्रयोगकर्ताहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ ।

उक्त भाइरस विभिन्न खाले अनधिकृत एपहरुमा लुकेर रहने हुनाले कुनै पनि साइटबाट एपहरु डाउनलोड गर्दा सावधानी अपनाउनुपर्ने तथा आधिकारिक एपस्टोर भन्दा बाहिरबाट एपहरु डाउनलोड गर्न नहुने विज्ञको सुझाव छ ।

super kinetic courier

उक्त रेनसमवेयरले स्मार्टफोनमा आक्रमण गरेसँगै प्रयोगकर्तालाई फोनको स्क्रिन चलाउनबाट रोक्दछ र स्क्रिनलाई फ्रिज गरिदिन्छ । त्यसक्रममा स्क्रिनमा एउटा सन्देश पनि डिस्प्ले हुन्छ । उक्त सन्देशमा कानून कार्यान्वयन एजेन्सीबाट सो सन्देश रहेको भन्दै स्क्रिन अनलक गर्नका लागि पैसा तिर्नुपर्ने जानकारी गराइएको हुन्छ ।

यो फिरौती माग्ने भाइरसले कल नोटिफिकेसनको फाइदा उठाउँदछ । जब स्मार्टफोनमा कल आउँदछ तब भाइरस सक्रिय हुन्छ । साथै जब प्रयोगकर्ताले होम बटन वा रिसेन्ट एप बटन थिच्दछ तब भाइरसले सोही मेसेजसँगै स्क्रिन लक गरिदिन्छ ।

माइक्रोसफ्टका अनुसार अधिकांस एन्ड्रोइड भाइरसभन्दा फरक यस भाइरसले स्मार्टफोनका फाइललाई एनक्रिप्ट गरेर त्यसमाथिको पहुँचलाई रोक्दैन । त्यसको साटो यसले स्क्रिनलाई लक गरिदिन्छ र स्क्रिन खोल्नका लागि फिरौती माग्दछ ।

यो फिरौती भाइरसले प्रयोगकर्ताका स्मार्टफोनका डाटा चोर्छ वा चोर्दैन भन्ने बारेमा कुनैपनि जानकारी छैन । तथापि यसले स्मार्टफोनमा आक्रमण गरी फिरौति नतिरेसम्म स्मार्टफोनलाई लगभग निकम्मा बनाइदिन्छ ।

–एजेन्सी

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…