बुटवल । एक स्वतन्त्र युवा समूहले देशमा ब्याप्त महिला हिँसा र बलात्कारको विरोध गर्दै आज बुटवलमा र्याली निकालेको छ ।
बुटवलको कालिकाचोक देखि सुरु भएको र्याली मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै एक सहभागी अभियन्ता सानु पाण्डेले महिला र पुरुष बराबर हुन् भन्ने सबैलाई चेतना हुन जरुरि रहेको बताइन । यस्तै अर्का अभियान्ता सबिन ज्ञवालीले समाजमा महिलालाई दिदि बहिनिको नजरले पनि हेर्ने र त्यै व्यक्तिले महिला स्वतन्त्रता माथि अंकुस लगाउने गरेको बताए ।








र्यालीमा सहभागीहरुले महिला हिँसा विरुधका विभिन्न नारा लेखिएको प्ले कार्ड बोलेका थिए ।