काठमाडौं, २४ असोज । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ५६८४ पुगेको हो।
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमित ३० हजार ८ सय १८ रहेका छन्।