कोरोना भाइरसको संक्रमणको उच्चवृद्धिकै बाबजुत खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले ६ करोड रुपैयाँबराबरका खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ ।
संस्थानले करिब तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी सो खसी, बोका र च्याङ्ग्रा ल्याउने प्रस्ताव संस्थानले गरेको छ ।
संस्थानले ढुवानी, खरिदलगायतको जिम्मा दिइसकेको र घटस्थापनाको आसपासमा खसी, बोका र च्याङ्ग्रा ल्याउने खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिइन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्चदरमा वृद्धि भइरहेको छ ।
दसैँको रौनक कम भए पनि कम्पनीले गत वर्षझैँ सर्वसुलभ रूपमा खसी, बोका बिक्री–वितरण गर्न लागेको हो ।
गत वर्ष पनि कम्पनीले तीन हजारबराबरीकै हाराहारीमा खसी–बोका बिक्री– वितरण गरेको थियो ।
‘गत वर्षको जतिको उत्साह छैन, तैपनि खसी बिक्री–वितरण सहज होस् भन्ने हेतुले खरिद गर्न लागिएको छ,’ सुवेदीले भनिन् ।
कम्पनीले हरेक वर्षको दसैँ लक्षित गरी खसी,बोका ल्याउने गरेको छ ।