संक्रमितको संख्या लाख नाघ्यो ,संक्रमित व्यक्ति घरबाहिर निस्केमा ६ महिनासम्म जेल सजाय हुन सक्ने

कोरोना भाइरसको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि सरकारले ५७ वर्ष पुरानो कानुनलाई ब्युँताएको छ । अब कोरोना संक्रमित व्यक्ति घरबाहिर निस्केमा ६ महिनासम्म जेल सजाय हुन सक्ने भएको छ । 

दैनिक जनस्वास्थ्यका नियम पालना गर्न अनुरोध गर्दा पनि नागरिकले अटेर गरेपछि सरकारले ‘संक्रामक रोग ऐन, २०२०’लाई प्रयोगमा ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘संक्रामक रोग ऐन २०२०’ लागू गरिएकाले कोरोना पुष्टि भएको वा आशंकामा आइसोलेसन बसेको व्यक्ति घरबाहिर निस्केमा यही ऐनअनुसार कारबाही गरिने बताए ।

राजा महेन्द्रले देशभर वा देशको कुनै भागमा कुनै संक्रामक रोग फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यस्तो रोगले उग्र रूप लिन नपाउने गरी निर्मुल गर्न वा रोकथाम गर्न यो ऐन बनाएका थिए । संक्रामक रोग फैलिएमा रोग निर्मुल गर्न वा रोकथाम गर्न सरकारले आवश्यक कारबाही गर्न सक्ने र जनता वा कुनै व्यक्तिको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने यस ऐनमा विशेष व्यवस्था गरिएको छ । त्यही व्यवस्थाअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ । 

ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ । त्यस्तै, ऐनअन्तर्गत खटिएका व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोरोना संक्रमित व्यक्ति आइसोलेसनमा नबसी अन्यत्र हिँडेको थाहा भएमा घरपरिवार वा छिमेकीले अनुगमन गरी खबर गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यस्तै, कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब दिएका व्यक्तिलाई पनि रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टिनमा बस्न मन्त्रालयले आग्रह गरेको छ । 

उपत्यकामा एक हजार चार सय नौजनामा संक्रमण

काठमाडौं उपत्यकामा शुक्रबार एक हजार चार सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दुई हजार पाँच सय ४० जनामा संक्रमण देखिएको थियो । 

विज्ञापनका लागि सम्पर्क : 9867250773 , 9816447288 | Email : ajakonepal1@gmail.com

उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौंमा धेरै संक्रमित देखिएका छन् । शुक्रबार काठमाडौंमा एक हजार एक सय १६, ललितपुरमा एक सय ६३ र भक्तपुरमा एक सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

Dealing With Direct Lenders For Payday Loans – The Thing…

Another big pull which keeps new borrowers coming to payday loan online applications each day is the access. Are you ashamed of one’s debt and…

Pressing Help For Individuals Who Are In Search Of Free…

To take significantly the choice of a contractor, and the writing of scholar papers will be successful. Admission paper writing is one of our primary…

Writing A Research Paper

Download the sample of the paper, give it a read, and marvel at how perfectly it suits your needs. Complete the ordering form at the…

Pattern Detailed Define

You ought to begin your interview essay with an introduction. You ought to state the principle idea of your interview and give some background information…

How To Get To 1066 Battle Of Hastings Abbey &…

At Fulford, two miles from York on the east bank of the Ouse, they saw clear indicators that Edwin and Morcar meant to supply battle.…