नेपालमा तामझामका साथ रेल त भित्रियो तर न सञ्चालन टुंगो छ न कर्मचारीको नै

siddhartha wheel mart

काठमाडौं, २४ असोज – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो ।

रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो ।

aawash steels

३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ । रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९ जना कर्मचारी माग गरिसकेको छ । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने जनाइएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । रेल वे कम्पनीले उनीहरुलाई ल्याउने प्रक्रिया भने सुरु गरेको छैन ।

भारतबाट रेल चलाउने चालक, संकेत देखाउने कर्मचारी तथा अन्य इन्जिनियरसमेत ल्याउनुपर्ने बाध्यता रेल वे कम्पनी लिमिटेडलाई रहेको छ । भारतबाट ती प्राविधिकहरु नल्याएसम्म रेल सञ्चालन असम्भव रहेको जनाइएको छ ।

super kinetic courier

भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रूपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ हुन गएको सम्बन्धित निकायले बताएको छ ।
राजधानी दैनिकबाट ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…