
आश्विन २३ , बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेशनमा बसेको सभामुख घर्तीले बताए ।

यस्तै शुक्रबार बिहान लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीमा कोरोना संक्रमण पुष्टि भएको थियो । गत मँगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ । बैठकमा सहभागी मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए ।