
असोज २३,गोरखामा १४ प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १४ जनामा कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।
उनका अनुसार बाह्रकिलो प्रहरी चौकीका कार्यरत आठजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा ४७ जना प्रहरीको स्वाब संकलन गरेको थियो । उनीहरु मध्ये हाल १४ जनाको मात्र रिपोर्ट आएको र सबैको कोरोना पोजेटिभ देखिएको रेग्मीले जानकारी दिए ।
योसँगै गोरखामा कोरोना संक्रमितको संख्या तीन सय आठ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।